समाचार
वडा न ९
रत्न राजमार्गको मंगलगढि देखि दक्षिण शक्तेकाडां भेरी नदी उत्तर तर्फ वीरेन्द्रनगर ६ पुर्व तर्फ वडा नं १० र पश्चिम तर्फ वडा नं ३ को सिमानामा रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं ९ वीरेन्द्रनगरको उपत्यकाको विचौविच भागमा अवस्थित रहेको छ । यस वडामा विभिन्न जातजाती ब्राह्यमण क्षेत्री नेवार गुरुङ मगर थारु भोटे र दलित बसोवास गर्दे आएका छन । यस क्षेत्रकै प्रमुख पर्यटकिय स्थल काँक्रेविहार प्राचिन शिव मन्दिर बौद्ध गुम्वा अधेरी गुफा पातलगंगा गणेश मन्दिर सत्यनारायण मन्दिर जस्ता धार्मिक तथा पर्यटकिय स्थल रहेका छन । परम्परागतरुपमा यहाँका नेवार तथा अन्य समुदायले लाखेजात्रा रोपार्इ जात्रा जरमाष्ठमी जस्ता पर्व पुर्खौ देखि हाल सम्म मनाउदै आर्इरहेका छन् । यस क्षेत्रमा थारु समुदायको समेत उल्लेखनीय वसोवास भएकोहुँदा थारु समुदायको कला सँस्कृती पर्व समेत मनाउने गरेको पार्इन्छ । कृषिको प्रचुर सम्भावना रहेको यस वडामा कृषिमा नै अधिकांस आत्मनिर्भर रहेको पार्इन्छ । नगर भ्यालीको पानीको निकास यसै वडाको निकास खोला भएर भेरी नदिमा मिसिने गरेको छ ।