समाचार
वडा न ११
पूर्व तर्फ करेखोला झुप्राखोला हुंदै भेरी नदि पश्चिम तर्फ नेवारे खोला उत्तर तर्फ वस्तीपुर सारुटोल चारकुने सिमानामा फैलिएको छ। यस वडाको धेरै भूभाग जंगल क्षेत्रले ओगटेको छ। साविकको जर्बुटा गा.वि.स.को वडा नं.१ र लाटीकोइली गा.वि.स.को वडा नं.१ रहेको र नगरपालिकाको विस्तारसंगै वडा नं.१३ र २१ बनेको थियो भने स्थानीय तहको पुनर्सरचना पश्चात हाल वडा नं.११ कायम भएको हो।यस वडामा बाहुन क्षेत्री र दलितहरुको वाहुल्यता रहेको छ। यस वडाको मुख्य बाली धान हो। यहां मानिसहरुको मुख्य पेशा कृषि र ज्याल मजदुरी हो। यस वडामा वादी जातिको उल्लेख्य बसोवास रहेको छ।
Nepali
Population:
७०७५
Ward Contact Number:
०८३-४११०३४