FAQs Complain Problems

ताजा समाचार

वडा नं. १२

कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको यस वीरेन्द्रनगर नगरपालिका वि.सं. २०३३ सालमा सुर्खेत उपत्यका भित्र पर्ने जर्वुटा गाँउ पञ्चायतको केही भागलाई समेटेर वीरेन्द्रनगर ११ र १२ वडा बनाईएको थियो । हाल देश संघिय संरचनामा गईसकेपछि साविक वडा नं. ११ र १२ लाई मिसाएर वडा नं. १२ कायम गरिएको छ । यस वडाको दक्षिणतर्फ रत्नराजमार्ग उत्तरतर्फ जवुर्टा तथा सिद्धपाईलाको डाँडा, पुर्व नेवारे खोला, पश्चिम ईत्राम खोला पर्दछ । यस वडामा जर्वुटा पञ्चायतबाट तल झरि बसोवास गरेका मगर समुदायको बाहुल्यता रहेको र हाल अन्यत्रबाट बसाई सरि आएर बस्ने बाहुन, क्षेत्री लगायत अन्य समुदायको पनि त्यत्तिकै बसोवास रहेको छ । यस वडाका वासिन्दाहरु धेरै जसो सरकारी रोजगारीमा संलग्न छन् । विशेष गरि निजामति सेवामा प्रवेश गरेर यस वडालाई सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुको नमूना गाउँ बनाउन प्रयत्न गरेको पाइन्छ । साविक वडा नं. १२ मा सबैजसो घरमा निजामति सेवामा संलग्न रहेका व्यक्तिहरु छन् । यहाँका बासिन्दाहरु सरकारी सेवामा रहेर पनि धेरै जसो घरमा कृषि कार्य गर्ने र पशु चौपाया पाल्ने चलन केही समय अघि सम्म रहेको तर हाल पशु चौपाया तथा कृषि काम गर्न विस्तारै कमि हुदै गएको छ । यस वडाको पर्यटकिय स्थलको रुपमा वडाको उत्तर तर्फको जर्वुटा डाँडा रहेको छ । यस स्थानबाट सुर्खेत उपत्यका सम्पूर्ण रुपमा देख्न सकिन्छ र पर्यटन प्रवर्धन गरि यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरेमा यस वडा लगायत समग्र नगरको आर्थिक वृद्धिमा थप टेवा पुर्‍याउनेमा दुई मत छैन । यस वडाको क्षेत्रफाल ८.८० वर्ग कि.मी., घरधुरी संख्या ३७४१, महिलाको संख्या ७५२९ र पुरुषकको संख्या ६८२९ गरि जम्मा १४३५८ जनसंख्या रहेको छ । 

वडा अध्यक्ष :

मोबाईल नम्बर : 9848038873

 

वडा सचिव :

नाम  : विष्णु कुमारी ढकाल

मोबाइल नम्बर : ९८६८०९२१३४

ईमेल ठेगाना : birendranagarward12@gmail.com

Nepali
Population: 
१४३५८
Ward Contact Number: 
०८३-४१४२१४
Weight: 
0

वडा पदाधिकारी